राहत वितरण सन्तोष जनक देखिएन : राष्ट्रसंघ
काठमाडौं, ११ जेठ । गत वैशाख १२ गतेको भूकम्पपछि पराकम्पन आउनेक्रम नरोकिएका कारण उद्धार तथा राहतका कार्यहरु अझैपनि पर्याप्त मात्रामा हुन नसकेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।नेपालस्थित राष्ट्रसंघीय कार्यालयले सोमबार ललितपुरमा गरेको पत्रकार सम्मेलनमा भूकम्पपीडितहरुका लागि राहत पर्याप्त रहेको भएपनि वितरणको अवस्था नाजुक रहेको बताएको हो ।भूकम्पलगत्तै उद्धार र राहतको काम द्रूतगतिमा भइरहेको तर नेपालको भूगोल र बसोबासको अवस्थाका कारण कठीनाइ भएको राष्ट्रसंघको भनाइ छ ।केही सातापछि सुरु हुने मनसुनलाई ध्यान दिँदै लाखाँै परिवारहरुलाई ओत र बासस्थान मिलाउन राष्ट्रसंघ लागिरहेको र खाद्यान्नलगायतका आधारभूत सामग्रीको तत्काल व्यवस्था गर्नुपर्ने अवस्था रहेको पनि जनाइयो ।
राष्ट्रसंघ र मानवीय साझेदारहरुबाट ३ लाख ५० हजार भूकम्पपीडितका लागि आपतकालीन आश्रयको व्यवस्था गर्ने लक्ष्य रहेको तथा २ लाख मानिसहरुका लागि औषधि–उपचार र २ लाखलाई तत्काल खाद्यान्न सहयोगको आवश्यकता रहेको पनि राष्ट्रसंघले जनाएको छ ।