सरकारले जस पाएन : गृहमन्त्री
काठमाडौं, १५ जेठ । उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले सरकारले जति काम गरेपनि जस नपाएको गुनासो गरेका छन् । आज ललितपुरको बुङमति र खोकनामा भूकम्पले पुर्याएको क्षतिको निरीक्षण गर्दे गौतमले अन्तर्राष्ट्रिय जगतले प्रशंसा गर्दा स्वयं नेपालीले सरकारको आलोचना गरेर अन्तर्राष्ट्रियस्तरमा बेइज्जत गरेको दुःखेसो गरेका हुन् । उद्धार र राहतको काम सकिएकाले पुनःनिर्माण र पुनःस्थापनाको कामलाई सरकारले अगाडि बढाएको उनले जानकारी दिए ।सरकारको एक्लो प्रयासबाट मात्र भौतिक संरचनाको पुनःनिर्माण सम्भव नहुने भन्दै उनले सबैलाई आ–आफ्नो ठाउँबाट सहयोग गर्न आग्रह पनि गरे ।