शुक्रबार सरकारी गाडी प्रयोग निषेध गर्ने तयारी
काठमाडौं ४ वैशाख । सरकारले प्रत्येक शुक्रबार सरकरी र संस्थानको गाडी प्रयोग निषेध गर्ने तयारी सुरु गरेको छ । सहर सफा राख्ने उद्धेश्यले हप्तामा कम्तिमा एक दिन सहरी क्षेत्रमा सरकारी र संस्थानका गाडी प्रयोग निषेध गर्न लागिएको सहरी विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले तयार गरेको सफा सहर कार्यक्रम लागू भएपछि सो नीति कार्यान्यवयनमा लगिने सहरी मन्त्रालयका सचिव किसोर थापाले जनाए । सहरी विकास मन्त्रालयले तयार पारेको अवधारणापत्रमा समेटीएको ३१ बुँदे नितिमा सरकरी र संस्थानका गाडी निषेध गर्ने उल्लेख गरिएको छ । सो नितिमा भनिएको छ, प्रत्येक शुक्रबारको दिन सहरी क्षेत्रमा सरकरी तथ संस्थानको गाडी प्रयोग निषेध गरि गाडीको सुविधा पाउने कर्मचारीले सार्वजनिक सवारीसाधन साइकल या पैदल यात्रा गर्नुपर्ने मिलाइने छ ।
सहरी विकास मनत्रालयले तयार पारेको अवधारणा राय सुझावको लागि संघिय मामिला तथा स्थानिय विकास मन्त्रालयमा पठाइएको सहरी विकास सचिव थापाले बताए । स्थानिय विकास मन्त्रालयले अध्ययन सकेपछि प्रचारप्रसामा लागिने र नयाँ आर्थिकवर्षको सुरुआतबाट सो निति लागू गर्ने तयारी भइरहेको उनको भनाइ छ । सफा सहर कार्यक्रमलाई सफल बनाउने नीति अनुरुप गाडी प्रयोग विकल्प खोजिए हो सचिव थापाले भने । अध्ययन परामर्स र छलफल भइरहेको छ छलफल सकिनासाथ सरकारी कार्यक्रममै समेटेर नगरपालीकामा लागू गरीने छ ।
प्रधानसेनापति मन्त्रालयका सचिव लगायतले शुक्रवार साइकल चढेर कार्यालय आउन सुरुगरेपछि नियमकै रुपमा लागू गर्ने सरकारको तयारी, ‘सफा सह’ कार्यक्रममा प्रत्येक घरमा दुई विरुवा अनिवार्य रुपमा रोप्नुपर्ने घरको छतमा पिल्लर र खम्बा छाड्न नपाइने लगायत निति समावेश गरिएको छ ।