राष्ट्रिय सहमतिको सरकार गठनको कार्यतालिका बनाइने

२०७२ जेष्ठ १७ गते, आईतवार

काठमाडौं, १७ जेठ । प्रमुख चार राजनीतिक दलका शिर्ष नेताहरुबीच पांच दिनभित्र संविधानका अन्र्तवस्तुमा सहमति गरेर संविधान निर्माण र राष्ट्रिय सहमतिको सरकार गठनको कार्यतालिका बनाउने सहमति भएको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेपाली कांग्रेस, एमाले, एकीकृत माओवादी र मधेशी मोर्चाका शिर्ष नेताहरुबीच यस्तो सहमति भएको हो । प्रक्रिया छोट्याएर संविधान जारी गर्ने र राष्ट्रिय सरकार गठन गर्ने सहमति भएको नेताहरुले बताएका छन् । बैठकमा संविधानसभाको आजको बैठक सुचना टांसेर स्थगित गर्ने र २० गतेका लागि बोलाउने सहमति पनि भएको । २० गते अघि संविधान निर्माणका विषयमा सहमति जुटाइसक्ने सहमति नेताहहरुबीच बनेको छ ।
त्यसका लागि सोमबार बिहान राज्यपुर्नसंरचनाको बारेमा चार दलका शिर्ष नेताहरु बसेर टुंगो लगाउने सहमति पनि बनेको छ । संविधान जारी गरे लगत्तै भुकम्पले भत्किएका संरचनाहरुको पुर्ननिमार्णका लागि प्याकेज बनाएर जाने सहमति पनि बनेको छ ।

प्रतिक्रियाहरु

[anycomment]