पत्रकार सम्मेलनमा प्रश्नकर्तामाथि कांग्रेस कार्यकर्ताको रामधुलाई

२०७२ जेष्ठ १७ गते, आईतवार

काठमाडौं, १७ जेठ । आइतबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन भै रहेको समयमा नेपालि कांग्रेसका कार्यकर्ताले प्रश्नकर्तालाइ निर्घात कुटपिट गरेका छन ।
अर्थमन्त्री रामशरण महतका स्वकिय सचिव (पिए) रमेश महतले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रश्न गर्ने एक जनामाथि आक्रमण भएको हो । भूकम्प पीडितका लागि नुवाकोट लगिएको जस्तापाता अर्थमन्त्रीका पिए रमेशले दुरुपयोग गरेकोबारे प्रस्टिकरण दिन आइतबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन भइरहँदा सो घटना भएको हो। प्रश्न सोध्ने कृष्ण बोहोरालाई नेपालि कांग्रेस कार्यकर्ताले निर्घात कुटेका छन । ‘पत्रकार सम्मेलनमा सहभागीमाथि कुटपिट भएको हो’, रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमालाले भने, ‘यस किसिमका घटनाको हामी भत्सर्ना गर्दछौं। कुटपिट हुनु हुँदैन भन्ने हाम्रो मान्य हो।’कुटाइ खाने बोहोरा एमाओवादी कविलास गाउँ अध्यक्ष हुन्। प्रश्न गर्ने माथि आक्रमण भएपछि अहिले रिपोर्टर्स क्बलमा प्रहरी पुगेको छ। पत्रकार सम्मेलन स्थगित भएको छ।नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडले नुवाकोटका ६ वटा गाविसका भूकम्पप्रभावित विद्यालयलाई बाँड्न पठाएको जस्तापाता सम्बन्धितलाई नदिई बेच्न खोजिएको भन्दै स्थानीयले थानसिङ–१, छहरेमा रोकेका हुन्। नेपाल इन्भेस्टमेन्ट बैंकको छाप लागेको जस्तापाता शुक्रबार रमेश महतको कविलास–७, स्थित घरबाट टि्रपरमा लोड गरिएको थियो। लोड गरिएका ती ट्रक काठमाडौं ल्याउन खोजिएको थियो। भूकम्प पीडितका लागि आएको जस्तापाता काठमाडौं फर्काउन लागेको थाहा पाएपछि स्थानीयले ट्रिपर रोकेका थिए।

प्रतिक्रियाहरु

[anycomment]