‘भुकम्पीय ध्वसंलाई निर्माणमा बदलौ, विपत्तिलाई समृद्धिको आधार बनाऔ’

काठमाडौ, १८ जेठ । नेकपा माओवादीले विनासकारी भुकम्पबाट क्षतिग्रस्त क्षेत्रमा अर्को नयाँ अभियान टोलि पठाएको छ । “भुकम्पीय ध्वसंलाई निर्माणमा बदलौ, विपत्तिलाई समृद्धिको आधार बनाऔ“ भन्ने नाराका साथ सुरु भएको दोस्रो चरणको अभियानमा पाटी महासचिव विप्लवले पुर्ननिर्माण कार्यमा जाने टोलीहरुलाइ निर्देशन दिएका छन । त्रिभूवन पार्क थानकोटमा भएको कार्यक्रममा बोल्दै विप्लवले भुकम्पको यो संकटपुर्ण अवस्थामा सरकारको मुख नताकि सबै राजनितीक दल एकजुट भएर राहत वितरण तथा पुर्ननिर्माण कार्यमा लाग्नुपर्नेमा जोड दिए । उनले हिमाली क्षेत्रमा अवस्थित बस्तिहरुलाई सुरक्षित स्थनमा सार्ने आफ्नो पार्टिको योजना रहेको समेत बताए । त्यस्तै बिप्लबले भुकम्प पिडितको उद्धार तथा पुननिर्माणका क्रममा आफ्ना कैर्यौ कार्यकर्ता घाईते भएको प्रसङ्ग जोडनुहुँदै कतिपय दलका नेताहरु प्रचारमुखी मात्र हुन खोजेको भन्दै साचो अर्थमा जनताको सेवा गर्न लाग्न नेताहरुलाई सुझाव दिए ।
उनले यो सकटको बेला खाली खुट्टामै भएपनी पुनर्निमाण कार्यमा खट्न कार्यकर्ताहरुलाई निर्देशन दिए ।
यसैविच बिप्लबले बिपतको बेला बिदेशी सहयोग मान्य हुने तर सहयोगका नाममा राष्ट्रमाथी हुने हस्तक्षेप आफुहरुलाई रत्ति सैह्य नहुने बताए । कार्यक्रममा भुकम्प प्रभावित १७ जिल्लाबाट फर्किएका करिब ७०० कार्यकर्ताहरुलाई प्रमाण पत्र सहित स सम्मान विदाइ गरिएकोे नेकपा माओवादीका प्रवक्ता प्रकाण्डले बताए । पुरानो टोलीलाइ लाई विदाइ गरिए संगै माओवादीले प्रभावित क्षेत्रमा नया टोली खटाएको हो । माओवादीले भुकम्प प्रभावित १७ जिल्लामा राहत वितरण र पुर्न निर्माण कार्य जारी राखेको छ ।