माउन्टेन एयरको हेलिकोप्टर दुर्घटना, चारको मृत्यु
काठमाडौं, १९ जेठ । माउन्टेन एयरको हेलिकोप्टर दुर्घटना भएको छ । सिन्धुपाल्चोकको बलेफीनजिकै पर्ने यमुनाडाँडा गाविस–८ को शिलापर्वत जंगलमा मंगलबार दिउँसो हेलिकप्टर दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा क्याप्टेन सुधीर श्रेष्ठ, अमृतकुमार सिंह, शेरबहादुर कार्की र एकजना नेदरल्यान्ड्सका नागरिक रहेको प्रहरीले जनाएको छ ।उद्धारका लागि गएको माउन्टेन एअरको ‘९ एन एजेपी’को हेलिकप्टर दुर्घटनामा परेको हो ।