१३ मेगापीक्सेलको सेल्फी क्यामरा भएको स्मार्टफोन सार्वजनिक
काठमाडौं, २० जेठ । ताइवानको कम्पनी एससले आफ्नो नयाँ स्मार्टफोन जेनफोन सेल्फी सार्वजनिक गरेको छ । सेल्फी प्रेमहरुलाई केन्द्रित गरेर निर्माण गरिएको यो फोनको मूल्य भने हाल तोकिएको छैन । जेनफोन सेल्फीका मुख्य विशेषता भनेको यसको अगाडि र पछाडि दुवैतिर १३ मेगापीक्सेलको क्यामरा रहेको छ । यसमा लेजर अटोफोकस, २८ मिमि फोकल लेन्थ, डुअल कलर रियल टोन फ्लास र एफ–२.० एपेचर रहेको छ ।
साथै यसको क्यामरामा पनि सुधार गरिएको छ । यसमा लो लाइट मोड, सेल्फी प्यानोरोमा मोड, ब्याकलाइट मोड, ब्यूटिफिकेसन मोड, म्यानुअल मोड र जेरो सटर ल्याग राखिएको छ । यसले एन्ड्रोइड ५.० ललिपप अपरेटिङ सिस्टममा काम गर्छ । यसमा ६४ बीट अक्टाकोर क्वालकम स्न्यापड्रयागन ६१५ प्रोसेसर राखिएको छ । यो जेनफोन सेल्फीमा २ जीबी र्याम, १६ र ३२ जीबीको इन्टरनल मेमोरी रहेको छ ।
दुईवटा सिम राख्न मिल्ने यो मोबाइलको ५.५ इन्च फुल एचडी आइपिएस एलसिडी डिस्प्ले छ । यसमा गोरिल्ला ग्लासको प्रयोग गरिएको छ । यसको ब्याट्रि ३००० एमएएचको छ र यो ६ वटा रंगमा उपलब्ध छ । यसको तौल १७० ग्राम र साइज १५६.५×७७.२×१०.८ मिमि रहेको छ ।