त्रिभुवन विमानस्थलमा उडान तथा अवतरण बन्द

२०७२ जेष्ठ २२ गते, शुक्रबार

काठमाडौं, २२जेठ । धावनमार्ग मर्मत गर्नुपर्ने भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शुक्रबार बिहान हुने अन्तर्राष्ट्रिय उडानहरु प्रभावित भएका छन् ।
अन्तर्राष्ट्रिय उडानतर्फको धावनमार्ग सामान्य मर्मत गर्नुपर्ने भएपछि शुक्रबार बिहान ७ देखि १० बजेसम्मको लागि अन्तर्राष्ट्रिय उडान तथा अवतरण बन्द गरिएको हो ।विमानस्थलका महानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठका अनुसार धावनमार्गमा आवश्यक मर्मत–सम्भारको काम अबको केही सयमै सम्पन्न हुनेछ ।
शुक्रबार बिहान १० बजेपछि भने अन्तर्राष्ट्रिय उडान तथा अवतरण नियमित हुने श्रेष्ठको भनाइ छ ।अन्तर्राष्ट्रिय उडान प्रभावित भएपनि काठमाडौंबाट हुने आन्तरिक उडान भने नियमति रहेको विमानस्थलले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से २१.३० अंकले बढ्यो

२०८२ भाद्र ९ गते, सोमबार

११ कम्पनी कालोसूचीमा

२०८२ भाद्र ९ गते, सोमबार

नेप्से १८.०२ अंकले घट्यो

२०८२ भाद्र ८ गते, आईतवार