भूकम्प प्रभावित कृषकलाइ दुई वर्षको मालपोत माफी

२०७२ जेष्ठ २२ गते, शुक्रबार

काठमाडौं ,२२ जेठ । आज बसेको मन्त्रिपरिषद्को बैठकले भूकम्प प्रभावित जिल्लाका किसानलाई दुई वर्षको मालपोत मिनाहा गर्ने निर्णय गरेको छ ।
बैठकले आर्थिक वर्ष २०७१/७२ र २०७२/७३ का लागि मालमोत छुट (मिनाहा) दिने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार मन्त्री डा मीनेन्द्र रिजालले जानकारी दिए ।
यस्तै भूकम्पपीडितको परिचयपत्र वितरणमा प्रभावकारिताका लागि सरकारले सामुदायिक विद्यालयको प्रधानाध्यापकलाई पनि वितरण कार्यमा जिम्मेवारी दिने निर्णय गरेको छ ।मन्त्रिपरिषद्को बैठकले अर्थ मन्त्रालयले तयार गरेको दैवी प्रकोपका समयमा महसुल छुटसम्बन्धी कार्यविधि पारित गरेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से २१.३० अंकले बढ्यो

२०८२ भाद्र ९ गते, सोमबार

११ कम्पनी कालोसूचीमा

२०८२ भाद्र ९ गते, सोमबार

नेप्से १८.०२ अंकले घट्यो

२०८२ भाद्र ८ गते, आईतवार