भारतीय नक्कली नोटसहित पक्राउ

२०७२ जेष्ठ २५ गते, सोमबार

काठमाडाैँ, २५ जेठ । प्रहरीको क्षेत्रीय अनुसन्धान ब्यूरो टोलीले नेपालगन्ज उपमहानगरपालिका—२५ सुर्जि गाउँका सुभाष भण्डारीलाई नक्कली भारतीय रुपैयाँसहित पक्राउ गरेको छ । ब्यूरो प्रमुख अशोकसिंह ठकुरीका अनुसार आरोपीबाट प्रहरी टोलीले रु एक हजारको ४२ थान र रु ५०० को २१६ थान गरी रु एक लाख ५० हजार नक्कली भारतीय रुपैयाँ बरामद गरेको हो । नक्कली भारतीय नोटको कारोबारमा तीन भारतीय नागरिक र एकजना नेपालगन्ज—१७ निवासी राजु कबडिया पनि संलग्न रहेको तर उनीहरु फरार रहेको जनाइएको छ ।
प्रहरीले सो घटनाका सम्बन्धमा थप अनुसन्धान प्रक्रिया अघि बढाएको छ भने पक्राउ आरोपीमाथि खोटा चलनअन्तर्गत मुद्दा दर्ता गर्ने भएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

१८ अर्बको अवैध कारोबार : २१ जना पक्राउ

२०८२ बैशाख १६ गते, मंगलवार

५ अर्बभन्दा बढी बजेट फिर्ता !

२०८२ बैशाख १४ गते, आईतवार

नेप्से ३.५८ अंकले बढ्यो

२०८२ बैशाख १४ गते, आईतवार