आइएस र इराकी गठबन्धन सेनाबीच भीषण संघर्ष
काठमाडौं, २५ जेठ । इराकको फलुजामा आइएस र इराकी गठबन्धन सेनाबीच भीषण संघर्ष भएको छ । अनवर प्रान्तमा अखडा जमाई बसेका आइएसले सो प्रान्तको बिजुली र पानीको लाइन काटेपपछि इराकी सेनाले उनीहरु विरुद्ध धावा बोलेको हो ।
अनवर प्रान्तबाट फलुजा प्रवेश गरेका आइएस बिरुद्ध इराकी गठबन्धन सेनाले गरेको कारबाहीमा थुप्रै आइएसका कार्यकर्ता घाइते भएका छन् ।
इराकको गठबन्धन सेनाले आइएसको नियन्त्रणमा रहेको बेइजी शहर कब्जा मुक्त गरेको छ ।
इराकको रमादी शहर नियन्त्रणमा लिई बाँकी बिभिन्न शहरहरु कब्जा गर्ने प्रयासमा रहेको आइएस बिरुद्ध इराकी गठबन्धन सेनाले थालेको कारबाहीका कारण आइएसका थुप्रै कार्यकर्ता घाइते भएका छन् ।
इराक र सिरियामा एकैपल्ट आतंकबादी गतिबिधी गर्दै आएको आइएसलाई परास्त गर्ने इराक सरकारको दाबी छ । आइएसको कारबाहीमा इराकमा सयौंको मृत्यु भइसकेको छ भने थुप्रै ब्यक्ति कब्जामा छन् । – एजेन्सी