हेलो सरकार कक्षको फेसबुक पेज सञ्चालनमा

२०७२ जेष्ठ २६ गते, मंगलवार

काठमाडौं, २६ जेठ । नागरिकका गुनासा सुन्नका लागि स्थापित हेलो सरकार कक्षले फेसबुक पेज सञ्चालनमा ल्याएको छ । हिजो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा मुख्य सचिव लीलामणि पौड्यालले उक्त पेजको औपचारिक रुपमा सुरुआत गर्नुभयो । मुख्यसचिव पौड्यालका अनुसार नागरिकले उक्त पेजमा गएर गुनासाकर्ताले सुझाव दिने तथा आफ्ना गुनासा राख्न सक्ने छन ।
हेलो सरकारलाई थप विस्तार गरिएको र नागरिकको सहज पहुँचमा पुग्ने प्रयास गरिएको बताउदै उहाले गुनासोकर्ताले कुन सरकारी कार्यालयसँगको सम्बन्धित गुनासो हो भन्ने खुलाएमा छिटो सम्बोधन गर्नका लागि सहज हुने जाकारि दिनभयो ।
जनताले सेवा लिँदा भोगेका समस्या सम्बोधन गर्न सो व्यवस्था गरिएकाले नीतिगतभन्दा कुन काम÷सेवा÷कार्यालय वा व्यक्तिसँग गुनासो हो सोको स्पष्ट जानकारी गराउन आग्रह गरिएको छ ।
फेसबुकमा धेरैको पहुँच पुगेको, सरकारका धेरै कार्यालयमा इन्टरनेट पुगेको, सामाजिक सञ्जालद्वारा कार्यालयबीच नेटवर्किङ गर्न सजिलो हुने उद्देश्यले नयाँ प्रविधि सञ्चालनमा ल्याइएको बताइएको छ ।
यसअघि हेलो सरकारले ११११ निःशुल्क टेलिफोन नं. एसएमएस लगायतका सेवा मार्फत गुनासो गर्न सकिने व्यवस्था गरेको थियो । – रासस

प्रतिक्रियाहरु

[anycomment]