अपाङ्गता निर्देशिका बन्ने

२०७२ जेष्ठ २७ गते, बुधबार

काठमाडौं,२७ जेठ ।अपाङ्गता भएका व्यक्तिले पाउने सेवा सुविधा र प्रभावकारिताका लागि नेपालगन्ज उपमहानगरपालिकाले अपाङ्गमैत्री नगर निर्देशिका तर्जुमा गर्न लागेको छ । उपमहानगरपालिकाका प्रमुख विष्णुप्रसाद भुसालले नेपालगन्जलाई हरेक क्षेत्रबाट अपाङ्गमैत्री बनाउन निर्देशिका निर्माण गर्न लागिएको बताए । “नगरभित्रका अपाङ्गता भएकाको माग र आवश्यकताका आधारमा निर्देशिका निर्माणको पहल सुरु भइसकेको छ,” उनले भने, “अब बन्ने सडक, भौतिक संरचना, सरकारी निकाय सबै क्षेत्रलाई अपाङ्गमैत्री बनाइने छ ।” नगर निर्देशिकाको स्वरुपबारे जानकारी दिँदै अपाङ्ग अभियन्ता वीरेन्द्रराज पोखरेलले नेपालगन्जबाट सुरु भएको यो अभ्यास सबै नगरपालिकाका लागि प्रेरणाको स्रोत बन्ने बता

प्रतिक्रियाहरु

[anycomment]