भूकम्पबाट मृत्यु हुनेको संख्या आठ हजार नाघ्यो

२०७२ जेष्ठ २८ गते, बिहीबार

काठमाडौँ, २८ जेठ । गत वैशाख १२ र २९ गते आएको विनाशकारी भूकम्पमा परी आज साँझसम्म आठ हजार ७८१ जनाको ज्यान गुमेको छ भने २२ हजार ३०३ जना घाइते भएका छन् ।
भूकम्पबाट ज्यान गुमाउनेमा उपत्यकामा एक हजार ७३२, पूर्व क्षेत्रमा ५८, मध्य क्षेत्रमा छ हजार ५२८, पश्चिम क्षेत्रमा ४६१ र मध्य पश्चिम क्षेत्रमा दुई जना रहेको प्रहरीले जनाएको छ ।
त्यस्तै घाइते हुनेमा उपत्यकामा १३ हजार १०२, पूर्व क्षेत्रमा ४५२, मध्य क्षेत्रमा सात हजार ४७०, पश्चिम क्षेत्रमा एक हजार २४१, मध्य पश्चिम क्षेत्रमा ३६ जना र सुदूरपश्चिम क्षेत्रमा दुई छन् । घाइतेमध्ये चार हजार ४०२ जना विभिन्न अस्पतालमा उपचाररत छन् । त्रिवि शिक्षण अस्पतालमा रहेको १५ शवको सनाखत हुन सकेको छैन ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

श्रीनगर एग्रीटेकको आईपीओ निष्कासन

२०८२ आश्विन २६ गते, आईतवार

सुन आयातको सीमा बढ्यो

२०८२ आश्विन २४ गते, शुक्रबार