काठमाडौंमा अज्ञात रोग देखा पर्यो

२०७२ जेष्ठ २८ गते, बिहीबार

काठमाडौं , २८ जेठ । टेकु अस्पतालले काठमाडौंमा अज्ञात रोगका विरामी देखिएको जनाएको छ । अस्पतालका अनुसार विरामीमा रक्तस्राव, ज्वरो आउने, आँखा दुख्ने, जोर्नी दुख्ने, वाकवाक लाग्ने जस्ता लक्षण देखिएको छ । तर परीक्षणका क्रममा रोग पत्ता नलागेको टेकु अस्पतालका डाक्टर शेरबहादुर पुनले बताए ।
विरामीलाई एन्टिबायोटिक औषधी दिने गरे पनि रोग पत्ता नलाग्दा उपचारमा समस्या भएको उनले बताए । विरामीमा देखिने लक्षण डेंगुको जस्तो भए पनि परीक्षणका क्रममा डेंगु नपाइएको डाक्टर पुनले बताए ।उनका अनुसार अध्ययनका क्रममा बाहिरी देशहरुमा जनावरबाट मानिसमा सर्ने रोगका लक्षण पनि यस्तै देखिएका छन् । नेपालमा पनि अहिले देखिएको रोग जनावरबाट मानिसमा सर्ने भाइरसको संक्रमण हुन सक्ने आशंका गरिएपनि परीक्षण गर्ने उपकरण नहुँदा पुष्टि गर्न सकिएको छैन ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

सप्तरीको सदा टोलमा हैजा फैलियो !

२०८२ कार्तिक १९ गते, मंगलवार

निजी अस्पताल र नर्सिङ संघबीच सहमति

२०८२ कार्तिक १७ गते, आईतवार

विश्व पक्षाघात दिवस मनाइँदै

२०८२ कार्तिक १३ गते, बुधबार