विद्युत प्राधिकरण र जनकपुर उद्योग वाणिज्य संघ बीच ५ बुँदे सहमति

२०७२ जेष्ठ ३२ गते, सोमबार

काठमाडौं, ३२ जेठ । नेपाल विद्युत प्राधिकरण र जनकपुर उद्योग वाणिज्य संघ बीच ५ बुँदे सहमति भएसँगै गत जेठ २७ गतेदेखि ब्यापारीहरुले शुरु गरेको आमरण अनशन अन्त्य भएको छ ।
सहमतिमा असार १५ गतेसम्म जनकपुरको लाइनलाई नेशनल ग्रीडमा जोडिने र विद्युत प्रवाहमा देखिएको समस्याहरुको निराकरणका लागि जनकपुर वितरण केन्द्रवाट प्रस्तुत कार्ययोजना निर्धारित समयसिमा भित्र कार्यान्वयन गर्ने गरी भोल्टेज सुधार गरिने लगायतका सहमति भएको हो ।
यस्तै विद्युत सुधारका लागि धनुषाका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा ५ सदस्यीय कमिटी गठन गरिएको छ जुन कमिटिले बिद्युतको अनुगमन गर्ने छ ।
जनकपुर उद्योग बाणिज्य संघका उपाध्यक्ष विजयकुमार साह, सचिव सुरेन्द्र भण्डारी र सदस्य फुलदेव जनकपुरमा अनियमित लोडसेडिङ र लो भोल्टेजविरुद्ध गत जेठ २७ गतेदेखि आमरण अनसनमा बसेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

१८ अर्बको अवैध कारोबार : २१ जना पक्राउ

२०८२ बैशाख १६ गते, मंगलवार

५ अर्बभन्दा बढी बजेट फिर्ता !

२०८२ बैशाख १४ गते, आईतवार

नेप्से ३.५८ अंकले बढ्यो

२०८२ बैशाख १४ गते, आईतवार