‘मर्स’ वाट मर्नेको संख्या १६ पुग्यो
काठमाडौं, ३२ जेठ । दक्षिण कोरियामा ‘मर्स’ संक्रमणका कारण मर्नेको संख्या १६ पुगेको छ । अधिकारीहरुले मर्सका नयाँ पाँचजना बिरामी फेला परेको जनाएका छन् ।मध्यपूर्वबाट फैलिएको यो संक्रमणबाट दक्षिण कोरियामा १ सय ५० जना संक्रमित भएका छन् । मर्स संक्रमणका ७० भन्दा बढी बिरामी राजधानी सोलस्थित सामसङ मेडिकल सेन्टरबाट पहिचान भएपछि अस्पतालले आफ्ना अधिकांश सेवा स्थगित गरेको जनाएको छ ।रोग तीव्र गतिले विस्तार भएकाले विद्यालयदेखि कलेजसम्मका सात सयभन्दा बढी शैक्षिक संस्था बन्द गरिएका छन् । सन् २०१२ मा पहिलोपटक साउदी अरबमा यो रोग देखा परेको थियो ।यसका लक्षणमा ज्वरो आउने, श्वास–प्रश्वासमा समस्या आउने, निमोनिया र मिर्गौलाले काम गर्न छाड्न हुन्छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार यसबाट संक्रमित २७ प्रतिशतको मात्रै मृत्यु हुने गर्छ । साँघुरो कोठा वा सीमित ठाउँमा निकट सम्पर्कबाट मात्र यो सर्छ । अहिलेसम्म हावाबाट यो जीवाणु फैलिएको प्रमाण फेला परेको छैन ।यसले साउदी अरेबियासहित २० मुलुकलाई प्रभावित बनाएको छ । यस रोगको अहिलेसम्म खोप तथा उपचार फेला परेको छैन ।- एजेन्सी