११ कक्षाको परीक्षा सुरु

२०७२ असार १ गते, मंगलवार

काठमाडौं,१ असार । आजदेखि कक्षा ११ को परीक्षा सुरु भएको छ । यसअघि जेठ १ गतेदेखि हुने भनिएको परीक्षा बैशाख १२ गतेको भूकम्प र त्यसपछिका पराकम्पनका कारण स्थगित भएको थियो । त्यहि परीक्षा आजदेखि सुरु भएको हो । आज बिहान ७ बजेदेखि सुरु परीक्षामा ३ लाख ३० हजार विद्यार्थी सहभागी भएको उच्च माध्यमिक शिक्षा परिषद्का सदस्य सचिव नारायण प्रसाद कोइरालाले जानकारी दिए । आज भूकम्प अति प्रभावित गोरखा, धादिङ नुवाकोट, काभ्रे, सिन्धुपाल्चोक, दोलखा र रामेछाप बाहेकका जिल्लामा परीक्षा भैरहेको हो ।
यी जिल्लामा आउँदो २४ गतेदेखि परीक्षा हुनेछ । १५ दिन अघिपछि परीक्षा भएपनि परीक्षाफल भने एकैपल्ट सार्वजनिक हुने सदस्य सचिव कोइरालाले बताए । भूकम्प अति प्रभावित सात जिल्लामा कक्षा १२ को परीक्षा आउँदो १४ गतेदेखि हुनेछ ।

प्रतिक्रियाहरु

[anycomment]