भारत–पाकिस्तानका कारण अमेरिकालाई चिन्ता

२०७२ असार २ गते, बुधबार

काठमाडौं, २ असार । दक्षिण एशियाली दुई मुलुक भारत र पाकिस्तानबीच पछिल्ला दिनमा फेरि तनाव बढ्ने लक्षण देखिएपछि सम्बन्ध सुधारका लागि अमेरिकाले पहल थालेको छ । अमेरिकी विदेश मन्त्री जोन केरीले पाकिस्तानी प्रधानमन्त्री नवाज शरीफसँग टेलिफोन वार्ता गरी भारत–पाकिस्तानबीचको बढ्दो तनावप्रति चिन्ता व्यक्त गरेका हुन् । भारतसँग पनि उच्चस्तरीय सम्पर्क भइरहेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । यस क्षेत्रको वृहत्तर हित भारत–पाकिस्तान सम्बन्ध सुध्रँदा मात्र हुने केरीको भनाइ छ । दुई पक्षबीच भइरहेका वक्तव्यबाजी गलत निर्णयसम्म नपुगोस् भन्नेमा सतर्क हुनुपर्नेमा पनि विदेश मन्त्री केरीको जोड छ । –एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]