सुँडिनीका कारण ओडारमा बास

२०७२ असार २ गते, बुधबार

काठमाडौं । गाउँकै सुँडिनीका कारण जाजरकोट जिल्लाको एक महिला विगत पाँचवर्षदेखि अाेडारमा बस्न बाध्य भएकी छन् । बच्चा जन्माउँदा गाउँका सुँडिनीले हात हालेर बच्चा निकाल्न खाेजेकी थिइन । लहँ, ८ लबिसाकी कालिका खड्काकाे बच्चा पनि जन्मन सकेन र उनी पनि बिरामी भएकी थिइन ।
उपचार नपाउँदा कालिकाले मानसिक सन्तुलन समेत गुमाएकी छन् । घरमा बस्न नपाएपछि उनी विगत पाँच वर्षदेखि जंगलको ओडारमा बस्दै अाएकी छन् । जंगली मान्छे जस्तै गरेर ओडारमा बसिरहेकी कालिका खड्का २०५५ सालमा गर्भवति भएपछि बच्चा जन्माउन नसक्दा गाउँ घरकै सुँडिनीहरुले हात हालेर बच्चा झिक्न खोज्दा उनी बिरामी भएकी थिएन । सुँडिनीकाे लापरवाहीले गर्दा उनको पाठेघर फुटेको वा मुत्रथैलीमा कुनै असर परेको हुन सक्ने लविसाकै प्रतिभा खड्काले वताईन् ।
कालिकाले उपचार नपाएपछि त्यसकै असरले उनको मानसिक सन्तुलन गुमेको भन्दै प्रतिभाले भनिन् “उनले पिसाव कत्ति पनि रोक्न सक्दिनन्, जतिवेला पनि उनको पिसाव बगिरहन्छ ।”
विचेत अवस्थामै बोल्ने कालिकाले सवै भन्दा आफुलाई वढि असर टाउकोमा छ, सधै भरि टाउको दुख्छ, जसको असर म सहनै सक्दिन भन्ने गरेको प्रतिभा खड्का भनाई छ । उपचार नपाएकी कालिकाले मानसिक सन्तुलन गुमाए पनि ६७ सालसम्म घरमै बस्ने गरेको वीरबहादुर खड्काको भनाई छ ।
गत ५ बर्ष पहिलावाट मात्र कालिकाले आफ्नो घर छोडेको वीर बहादुरले जानकारी दिए । ५ वर्ष देखि घर छोडिसकेकी कालिका हाल लहँ ६ खाराको जंगलमा रहेको एक ओडारमा बस्ने गरिरहेकी छिन् ।
बाह्रै महिना ओडारको बास बसिरहेकी खड्काले आगोको मात्र साहरा लिने गरिरहेकी लहँ ६ का अमर वलीले वताए । खानपानको जोह गर्न नजिकका गाउँ घर र दोकान पसलमा जंगलवाट दाउरा बोकेर गरिरहेको वलीको भनाई छ ।
हेर्दा प्रकृतिलाई नै जिती सकिन की जस्तो देखिने कालिकाको साथमा एउटा हसिया मात्र छ । त्यही हसियाले जंगलमा दाउरा बनाउने र काट्ने गरेको स्थानियहरुको भनाई छ ।
उम्मेरले ४० बर्ष पुगेकी कालिकाको आर्थिक अभाव कारण उनका श्रीमान र घर परिवारले उपचार गरान नसकेको सुनसरा खत्रीले वताईन् । कालिकाका लोग्ने मक्करबहादुर खड्काले हाल अर्को विवाह गरेर कालिमाटीमा बस्दै आएका छन् । – दिप बहादुर घर्ति

प्रतिक्रियाहरु

[anycomment]