हिमालय टेलिभिजनका पत्रकारका सबै माग पूरा

२०७२ असार ३ गते, बिहीबार

काठमाडौं, ४ असार । हिमालय टेलिभिजनको व्यवस्थापन पक्ष पत्रकारहरुको बाँकी पारिश्रमिक असार १० गते भित्र उपलब्ध गराउन सहमत भएको छ । ०७१ चैत मसान्तसम्मको पारिश्रमिक आजै र बाँकी दुई महिनाको पारिश्रमिक असार १० गतेभित्र दिने सहमति भएको हो । तीन महिनादेखि तलब नपाएपछि नेपाल पत्रकार महासंघको समेत सहभागीतामा हिमालय टेलिभिजनमा कार्यरत पत्रकारहरुले आन्दोलन गर्दै आएका थिए ।
विहीबार टेलिभिजन व्यवस्थापन पक्ष, महासंघ र त्यहाँ कार्यरत पत्रकारका प्रतिनिधिबीच वार्ता भएको थियो । वार्तामा पत्रकारहरुले राखेका ५ बुँदे माग पूरा गर्न व्यवस्थापन पक्ष सहमत भएको नेपाल पत्रकार महासंघका सचिव ध्रुव लम्सालले जानकारी दिए । सहमति पत्रमा हिमालय टिभीका कार्यकारी निर्देशक च्याङ अग्रवाल, नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्ट र महासंघ प्रतिष्ठान शाखा अध्यक्ष वाइपी घिमिरेले हस्ताक्षर गरेका छन् ।
यसअघि यही असार १ गते महासंघकै उपस्थितिमा भएको वार्तामा एभिन्यूज टेलिभिजन ३ दिन भित्र सबै पारिश्रमिक उपलब्ध गराउन सहमत भएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

१८ अर्बको अवैध कारोबार : २१ जना पक्राउ

२०८२ बैशाख १६ गते, मंगलवार

५ अर्बभन्दा बढी बजेट फिर्ता !

२०८२ बैशाख १४ गते, आईतवार

नेप्से ३.५८ अंकले बढ्यो

२०८२ बैशाख १४ गते, आईतवार