९ जनाको हत्या गर्ने अभियुक्त पक्राउ

२०७२ असार ४ गते, शुक्रबार

काठमाडौं, ४ असार । अमेरिकाको एक चर्चमा बुधकार राति गोली प्रहार गरी ९ जनाको हत्या गर्ने संदिग्ध अपराधी पक्राउ परेका छन् ।त्यहाँको प्रहरीले नर्थ क्यारोलाइनाको व्यस्त सडकमा ट्राफिकजामको समयमा सम्भावित अभियुक्त २१ वर्षीय डाइलान रुफलाई पक्राउ गरेको हो । उनीमाथि घृणा अपराधसम्बन्धी मुद्दामा छानबिन र कारबाही थालिएको छ ।
ती गोरा युवकले अमेरिकाको साउथ क्यारोलाइनाको चाल्र्सटनस्थित एक अफ्रिकन–अमेरिकन चर्चमा अन्धाधुन्ध गोली प्रहार गर्दा ९ जनाको ज्यान गएको थियो । १९औं शताब्दीमा बनेको यो चर्च अमेरिकी इतिहासमा सबैभन्दा पुरानो र ऐतिहासिक हो । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]