बिशाक्त मदिरा सेवनबाट ८९ को मृत्यु

२०७२ असार ६ गते, आईतवार

काठमाडौं, ६ असार । भारतमा बिशाक्त मदिरा सेवनबाट ८९ जनाको मृत्यु भएपछि प्रशासनले त्यहाँका अधिकांश मदिरा पसलमा छापा मारेको छ ।
सोही क्रममा अवैध रुपमा सन्चालन गरिएका सयौं मदिरा पसल सिल गरिएको छ ।
मुम्बईको मलाड मलावानी इलाकामा रहेको किराना पसलमा रहेको मदिरा सेवन गर्दा ८९ जनाको ज्यान गएपछि एक छानबिन समिति गठन गरिएको थियो ।
मुम्बईका मुख्यमन्त्री देबेन्द्र फडनवीसको निर्देशनमा गठन गरिएको छानबिन समितिलाई तीन दिन भित्र प्रतिवेदन बुझाउन आदेश दिइएको छ ।
यसैबीच मलवानी इलाकाका बरिष्ठ प्रहरी निरीक्षकसहित सात जना प्रहरीलाई निलम्बन गरिएको छ । प्रहरीले विशाक्त मदिरा बेचबिखन गर्ने चार जनालाई गिरफ्तार गरी अनुसन्धान थालेको छ । मुम्बईमा गत बर्षको डिसेम्बरमा गैरकानुनी ढंगले सञ्चालन गरिएका एक सय भन्दा बढी पसलमा सिलबन्दी गरिएको थियो । –एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]