सिस्टर निर्मलाको निधन

२०७२ असार ८ गते, मंगलवार

काठमाडौं , ८ असार । सिस्टर निर्मलाको भारतको कोलकातामा ८१ वर्षको उमेरमा मंगलबार विहान निधन भएको छ । मदर टेरेसाकी उत्तराधिकारी सिस्टर निर्मलाको निधनप्रति प्रधानमन्त्री सुशील कोइरालाले दुःख ब्यक्त गरेका छन् । विश्वले एक महान मानवतावादी समाजवेवी गुमाएको भन्दै प्रधानमन्त्री कोइरालाले ट्वीटरमार्फत श्रद्धाञ्जली ब्यक्त गरेका छन् ।
नोबेल शान्ति पुरस्कार विजेता मदर टेरेसाको सन् १९९७ मा निधन भएपछि सिस्टर निर्मला अर्थात निर्मला जोशी सन् २००९ सम्म परोपकारी संस्था मिसिनरिज अफ च्यारिटीको प्रमुख भएकी थिइन् ।
सिस्टर निर्मलाको जन्म सन् १९३४ जुलाई २३ मा स्याङ्जामा भएको हो । भारतीय सेनामा रहेका बाबु महानन्द जोशीसँगै भारत गएर १७ वर्षका उमेरदेखि निर्मलाले मदर टेरेसाको परोपकारी संस्थामा काम गर्न थालेकी थिइन् । सिस्टर निर्मलाको मध्यराती १२ बजेर ५ मिनेटमा निधन भएको हो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

सप्तरीको सदा टोलमा हैजा फैलियो !

२०८२ कार्तिक १९ गते, मंगलवार

निजी अस्पताल र नर्सिङ संघबीच सहमति

२०८२ कार्तिक १७ गते, आईतवार

विश्व पक्षाघात दिवस मनाइँदै

२०८२ कार्तिक १३ गते, बुधबार