दोलखा र सिन्धुपाल्चोकका प्राय सबै सडक र पुलहरु जोखिममा

२०७२ असार ९ गते, बुधबार

काठमाण्डौं , ९ असार । विनाशकारी भूकम्प र त्यसयताका पराकम्पनका कारण धाँजा फाटेकाले दोलखा र सिन्धुपाल्चोकका ९० प्रतिशत सडकहरु जोखिममा रहेको पाइएको छ । डिभिजन सडक कार्यालय दोलखाले पत्रकार सम्मेलन गरी अरनिको राजमार्ग, पुष्पलाल लोकमार्ग, तामाकोसी–मिल्ती, तामाकोसी–जिरी सडक र सहायक मार्गहरु गरी दुबै जिल्लाका ९० प्रतिशत सडक जोखिममा रहेको जनाएको हो । दुबै जिल्ला जोड्ने पुष्पलाल लोकमार्गमा पर्ने लामोसाँघुदेखि मिल्ती खोलासम्मका विभिन्न सडकखन्ड उच्च जोखिममा रहेको पनि कार्यालयले जनाएको छ । कार्यालयका अनुसार बोच गाविस र भीमेश्वर नगरपालिका जोड्ने चर्नावती सडकखन्डको करिब ५ किलोमिटर क्षेत्र पनि उच्च जोखिममा छ ।
बाह्रबिसेदेखि कोदारीसम्मको २६ किलोमिटर सडक पनि जोखिममा रहेको कार्यालयले जनाएको छ । जुरेमा लेदो पहिरो खस्नेक्रम नरोकिँदा जोखिम उच्च रहेको र ती सडकखन्डमा पर्ने पुलहरुसमेत खतरामा रहेको कार्यालयले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

१८ अर्बको अवैध कारोबार : २१ जना पक्राउ

२०८२ बैशाख १६ गते, मंगलवार

५ अर्बभन्दा बढी बजेट फिर्ता !

२०८२ बैशाख १४ गते, आईतवार

नेप्से ३.५८ अंकले बढ्यो

२०८२ बैशाख १४ गते, आईतवार