उच्च माविमा भर्ना र प्रवेश शुल्क १ सय २५ रुपैयाँ मात्र

२०७२ असार १० गते, बिहीबार

काठमाडौं, १० असार । कास्कीका उच्च माविले कक्षा ११ को भर्ना फाराम र प्रवेश शुल्क १ सय २५ रुपैयाँ भन्दा धेरै नलिने भएका छन् । जिल्लामा क्रियाशिल ६ विद्यार्थी संगठन र हिसान कास्कीबीच उच्च माध्यमिक शिक्षा परिषदको परिपत्र अनुसारमा विद्यार्थीबाट फर्म शुल्क २५ र भर्ना शुल्क १०० गरी १ सय २५ लिने सहमति भएको हो ।
यसअघि १ सय २५ भन्दा धेरै शुल्क लिइएका विद्यार्थीको पैसा असार २५ गते भित्र फिर्ता गर्ने सहमति भएको हिसान कास्कीका अध्यक्ष बाबुराम पन्तले जानकारी दिए । नेपाल विद्यार्थी संघ, अनेरास्ववियू, अखिल क्रान्तीकारी, अखिल छैटौं, लगायतका विद्यार्थी संगठन र उच्च माध्यमिक विद्यालय संघ हिसानबीच यस्तो सहमति भएको हो । सहमति पूर्णरुपमा कार्यन्वयन भए नभएको अनुगमन समेत गरिने नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य सरोज केसीले जानकारी दिए ।
यसैगरी फारम र प्रवेश शुल्क १ सय २५ लिने र यसअघि लिइएको बढी शुल्क फिर्ता गराउनेसँगै विद्यालयमा मेरिट लिष्टको आधारमा दुई र ओइटिङ लिष्टको आधारमा एक दिनसम्म भर्ना गर्न पाउने, भर्ना र मासिक शुल्क केन्द्रीय प्राविधिक टिमको सिफारीसको आधारमा लिने, फरक समयमा प्रवेश परिक्षा लिने लगायतका सहमति पनि भएका छन् ।

प्रतिक्रियाहरु

[anycomment]