विमान दुर्घटनामा परेका आमा र बच्चा जीवितै भेटिए

२०७२ असार ११ गते, शुक्रबार

काठमाडौ, ११ असार । कोलम्बियामा ५ दिनअघि विमान दुर्घटनामा परेका आमा र बच्चा जीवितै भेटिएका छन् । त्यहाँको वायु सेनाका अनुसार जंगलमा उनीहरु फेला परेका हुन् । वायु सेनाका प्रमुखले यसलाई चमत्कारको संज्ञा दिएका छन् । उद्धारकर्ताले १८ वर्षिया मालिया नेली मुरिलो र उनको एक वर्षको बच्चा जीवितै भेटाएका हुन् । दुर्घटनास्थलबाट ५ सय मिटर पर उनीहरु भेटिएका वायु सेनाले जनाएको छ ।
कोलम्बियाको चोको प्रान्तमा ५ दिन पहिले विमान दुर्घटना भएको थियो । जीवितै भेटिएकी मुरिलोको शरीरको केही भाग जलेपनि खतरामुक्त रहेको र उनको बच्चा पनि स्वस्थ्य रहेको वायु सेनाले जनाएको छ । विमान दुर्घटनाको कारण खुलेको छैन । विमान दुर्घटनामा पाइलटको ज्यान गएको वायु सेनाले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]