नोबेल मेडिकल कलेजमा प्रहरी हस्तक्षेप

२०७२ असार ११ गते, शुक्रबार

काठमाडौ, ११ असार । नोबेल मेडिकल कलेजमा एक सातादेखि आन्दोलन गरिरहेका २० प्रशिक्षार्थीलाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार २० जना आन्दोलकारी विद्यार्थीलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । एमबिबिएसका प्रशिक्षार्थी विद्यार्थीलाई न्यूनतम तलब र धरौटी फिर्तासमेत नदिएपछि उनीहरु आन्दोलनमा उत्रिएका हुन् । विद्यार्थीले अस्पतालको इमर्जेन्सी सेवा, ओपिडी सेवा बन्द गर्न खोजेको र प्रहरीमाथि नै आइलागेको भन्दै उनीहरुलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक ढकालले बताए । तर विद्यार्थीले भने कलेजका सञ्चालकको पछि लागेर प्रहरीले पक्राउ गरेको आरोप लगाएका छन् । केही दिनदेखि आन्दोलनरत विद्यार्थीले माग सुनुवाइ नभएको भन्दै आजदेखि ओपिडी सेवा बन्द गर्न लागेका थिए । – रासस

प्रतिक्रियाहरु

[anycomment]