वाटर पार्कमा आगलागी, दुईसय जना घाइते

२०७२ असार १३ गते, आईतवार

काठमाडौं, १३ असार । ताइवानको वाटर पार्कमा आगलागी हुँदा दुई सयभन्दा बढी घाइते भएका छन् । राजधानी ताइपेईमा रहेको फार्मोसा वाटर पार्कमा आयोजना गरिएको कलर प्ले पार्टीका समय छरिएको रंगीबिरंगी पाउडरका कारण आगलागी भएको बुझिएको छ ।घाइते मध्ये ८० जना नराम्ररी जलेका छन् । घटना लगत्तै वाटर पार्क बन्द गरिएको छ । पार्टीमा एक हजारभन्दा बढी सहभागी थिए ।

प्रतिक्रियाहरु

[anycomment]