लिपुलेक सम्झौता विरुद्ध युवा संघ
काठमाडौं । भारत र चिनीका बिचमा लिपु लेकका सम्बन्धमा भएको सम्झौता विरुद्ध नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालले जाईलाग्ने चेतावनी दिएको छ ।
संघकी उपाध्यक्ष तथा राजनैतिक सांगठनिक तथा वैचारिक रुपान्तरण अभियानकी संयोजक दिलुपन्त नेतृत्वले राजधानीमा पत्रकार सम्मेलन गर्दै लिपुलेक सम्झौता नसच्याए जाई लाग्ने चेतावनी दिएको हो ।
‘नेपालीको पहिचान जाई नलाग्ने र आईलाग्नेलाई नछाड्ने रहेको कुरा सम्बन्धित पक्षलाई एक पटक स्मरण गराउन चाहान्छौं ।’ पन्तले जारी गरेको विज्ञप्तिमा भनिएको छ । संघले आइतबार लिपुलेक सम्झौताका बारेमा आफ्नो धारणा अघि सार्दै सो सम्झौता सच्याउन पहल नगरेको भन्दै सरकारको आलोचना पनि गरेको छ ।
पत्रकार सम्मेलनमा एमालेका पुर्व केन्द्रिय सदस्य उर्वादत्त पन्तले समेत लिपुलेक सम्झौताले नेपाली भुमि अतिक्रमण गरेको भन्दै त्यसलाई सच्याउन कुटनिति पहल आवश्यक रहेको बताएका थिए ।
युवा संघले भारत र चीनका बिचमा २०१५ मे १५ तारिखका दिन लिपुलेक व्यापारिक सम्झौताले नेपालको भौगौलिक अखण्डतामाथी धावा बोलेको निष्कर्ष सहित सो सम्झौता आफुहरुलाई मान्य नहुने स्पष्ट पारेको हो ।
‘एक इञ्च भुमि पनि अरुलाई सुम्पिन तयार छैनौं, स्वाभिमानी नेपालीका लागि लिपुलेक सम्झौताले मान्य हुनै सक्दैन, त्यो सच्चिनु पर्छ अन्यथा हामीले जाईलाग्नुको विकल्प हुन्न ।’ संघकी उपाध्यक्ष तथा अभियानकी संयोजक पन्तले भनिन ।
संघले सम्झौताका विरुद्ध आन्दोलनको चेतावनी समेत दिएको छ ।
कार्यक्रममा संघका सचिव नरेश शाहीले लिपुलेक सम्झौता सच्याउन सरकारले ठोस पहल नगरेकोमा आश्चर्य प्रटक गर्दै भने–‘लिपुलेकमा हाम्रो भुमिमा ठुला छिमेकीले गिद्धे नजर लगाईसके तर सरकार अझै चुइँक्क बोल्दैन, हामीलाई आश्चर्य लागेको छ ।’
संघका अर्का सचिव हस्त शाहीले पनि लिपुलेकमा नेपाली भुमि भारतले चीनले कब्जा गर्न खोजेको भन्दै देशभक्त नेपालीले जाईलाग्नु पर्ने समय आएको बताएका थिए ।