विमान दुर्घटनामा एक सय २० जनाको मृत्यु
काठमाडौं । इन्डोनेशियाको मिदान शहरस्थित रिहाइशी इलाकामा सेनाको एक परिवहन विमान खस्दा कम्तिमा एक सय २० जनाको मृत्यु भएको छ ।
इन्डोनेशियाका एक अधिकारीका अनुसार विमानमा एक सय २० यात्री सवार थिए ।जसमा चालक दलका १२ सदस्य थिए । अधिकारीका अनुसार विमान पूर्ण रुपमा ध्वस्त भएकाले त्यसमा सवार कोही पनि जिवित हुने सम्भावना छैन ।
दुई घर र एक कार सेनाको हरक्यूलिस विमान दुर्घटनापछि भएको आगलागीको लपेटामा परेका छन् । सैन्य प्रवक्ता फौद बसायाले विमान उड्ने वित्तिकै दुर्घटना भएको बताएका छन् ।दुर्घटना स्थलमा अन्य नागरिकहरु दबेको हुन सक्ने बताइएको छ । उद्धार कार्य जारी छ । वायु सेवाका एक प्रवक्ताले विमानको पाइलटले खराब परिस्थिती सिर्जना हुने वित्तिकै विमान अवरणको अनुमति मागेको बताएका छन् । दुर्घटनाको कारण भने यकिन भएको छैन ।गएको १० वर्ष यता सो इलाकामा भएको यो दोस्रो ठूलो विमान दुर्घटना हो । २००५ को सेप्टेम्बरमा बोइ२००५ को सेप्टेम्बरमा बोइङ्ग ७३७ विमान सोही इलाकामा खसेको थियो । जस दुर्घटनामा एक सय ४३ जनाको मृत्यु भएको थियो ।- एजेन्सी