माओवादी जनप्रदर्शन गर्दै

२०७२ असार २५ गते, शुक्रबार

काठमाडौं, २५ असार । नेकपा माओवादीले आज काठमाण्डौंमा भारत र चीनबीच भएको नेपाली भूमि लिपुलेकलाई व्यापारीक केन्द्र बनाउने सम्झौता विरुद्ध जनप्रदर्शन गर्दै छ । पार्टी महासचिव नेत्र विक्रम चन्दकै नेतृत्वमा ऱ्याली तथा सभाको आयोजना हुने माओवादीले जनाएको छ । दिउसो १ बजे बागवजारबाट ऱ्याली निकालेर सभा गरिने छ । प्रदर्शनमा सहभागी हुन देशैभरबाट प्रतिनिधिमुलक कार्यकर्ता र समर्थहरु राजधानी आएको पार्टी प्रवक्ता प्रकाण्डले जानकारी दिए ।
लिपुलेक सम्झौताको विरोधमा माओवादीले यस अघि देखि नै विरोधका कार्यक्रमहरु गर्दै आएको छ । साथै माओवादीले चार दलबीच भएको १६ बुदे सम्झौताको पनि विरोध गर्दै आएको छ ।

प्रतिक्रियाहरु

[anycomment]