विषालु च्याउ खाएपछि

२०७२ असार २७ गते, आईतवार

काठमाण्डौ ,२७ असार । कैलालीको पहाडी क्षेत्र सहजपुर–२ बयँला गाउँमा विषालु च्याउ खाँदा पाँच परिवारका २१ जना बिरामी परेका छन् । गाउँ नजिकै रहेको जङ्गलबाट शनिबार दिउँसो टिपेर ल्याएको च्याउ बेलुका घरमा पकाएर खाँदा उनीहरु बिरामी परेको इलाका प्रहरी कार्यालय फल्टुडेका प्रहरी निरीक्षक सागर बोहराले जानकारी दिए ।
च्याउ खाएर बिरामी हुनेमा १० महिला, ६ बालक, ४ बालिका र एक युवक छन् । बिरामी हुनेमध्ये शान्ति थापा र ओम दर्लामी मगरको अवस्था केही गम्भीर रहेको चिकित्सकलाई उद्धृत गर्दै बोहराले बताए । इलाका प्रहरी कार्यालय फल्टुडेको टोलीले शनिबार राति नै सबै बिरामीलाई सेती अञ्चल अस्पताल धनगढीमा पुर्‍याएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

आज विश्व रक्तदाता दिवस

२०८२ जेष्ठ ३२ गते, शनिबार

कोरोना संक्रमण बढ्दै

२०८२ जेष्ठ २६ गते, आईतवार