सहसचिव सुवेदीलाई तत्काल कारवाही गर : युवा संघ

२०७२ असार २८ गते, सोमबार

काठमाडौं, २८ असार । युवा संघ नेपालले दोहोरो नागरिकता लिएका सरकारका सहसचिव एवं वैदेशिक रोजगार विभागका महानिर्देशक भरत सुवेदीलाई तत्काल कारवाही गर्न माग गरेको छ । मुलुकको प्रचलित नियमकानुन विपरित दोहोरो नागरिकता लिएको तथ्य प्रमाणित हुँदासमेत सुवेदी माथि सरकारले कुनै कारवाही नगरेको भन्दै संघले गम्भिर आपत्ती जनाएको हो ।
“निजामती सेवामा रहदा अत्यन्तै विवादास्पद र आर्थिक रुपमा निकै भ्रष्ट छवि वनाएका सुवेदीको दोहोरो नागरिकता लिएको सम्बन्धमा सामान्यप्रशासन मन्त्रालयद्वारा गठित छानविन समितिले दोषी ठहर गरी निजामती कितावखाना समेतले पुरानो रेकर्ड पेश नगरे निजको पेन्सन रोक्कागर्ने निर्णय गरेको सुचना सार्वजनिक भईसकेको अवस्थामा सरकारले उनीमाथि कारवाही नगर्नु भ्रष्टाचारलाई बढवा दिनु सरह भएको” संघले जारी विज्ञप्तिमा उल्लेख छ ।
“सुवेदीले नेपालको कानुनविपरित विदेशी नागरीकता र पासपोर्ट समेत लिएको, मुलुकको प्रचलित कानुनविपरित दोहोरो नागरीकता र पासपोट लिने जो कोहीमाथि राज्यले कारर्वाहीगर्नु पर्दछ ।
निजामति सेवाका विभिन्नपदमा रहँदा अकुत सम्पत्ती कमाएका सहसचिव सुवेदीले अहिले पनि पदीय दुरुपयोग गरी मोटो रकम असुल्ने कामलाई निरन्तरता दिईरहेको र त्यसैको आँडमा कारवाहीवाट वच्न विभिन्नशक्ति केन्द्रलाई आफ्नो पक्षमा पार्न सफलभएको सुचना समेत पाईएको” संघले जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
संघका प्रवक्ता प्रभातबिक्रम कटुवालले जारी गरेको विज्ञप्तिमा भनिएको छ-“मुलुकनयाँ संविधान निर्माणको अन्तिम चरणमा रहेको र नयाँ संविधान मार्फत आर्थिक समृद्धि र सुशासन कायम गर्ने अभियानमा रहेको वेला राज्यका उच्चतहमा रहेर कानुन विपरित कार्य गर्ने भरत सुवेदीजस्ता कर्मचारीलाई नेपाल सरकारको कर्मचारी नियमावली अन्तर्गत तत्काल कडा भन्दा कडा कारवाही गर्नको लागि नेपाल सरकार समक्ष जोडदार माग गर्दछौं ।”

प्रतिक्रियाहरु

[anycomment]