संघीय लिम्बुवानद्वारा कालो झण्डासहित विरोध प्रर्दशन
काठमाडौँ । संघीय लिम्बुवान पार्टी नेपालले सार्वजानिक गरेको आन्दोलनअनुसार ताप्लेजुङमापनि संविधानको पहिलो प्रस्तावित मस्यौदाको विरोधमा केन्द्रीय उपाध्यक्ष् एवं आन्दोलन परिचालन समिति संयोजक इन्द्र श्रेष्ठको नेतृत्वमा विरोध सभासहित कालो झण्डा प्रर्दशन गरेको छ ।
विरोध सभालाई संबोधन गर्दै आनदोलन परिचालन समिति संयोजक श्रेष्ठले सर्बोच्च अदालतको अन्तरिम आदेश विपरित चार दलका चार नेताले संविधानको पहिलो मस्यौदा ल्याएको, आदिवासी जनजातीको अपमान गरेको, लिम्बुवान सहितको संघीयता, संघीय संरचना गर्दा ऐतिहासिक पृष्ठभूमी र पहिचानलाई आधार बनाएर नामाङ्कन र सिमाङ्कन सहितको संविधान मात्र आफ्नो पार्टीले मान्ने बताए । यदि न्यायपालिकाको सर्बोच्च निकायले गरेको आदेश नमान्ने अधिकार ४ दललाई छ भने संघीय लिम्बुवान पार्टीलाई पनि ४ दलको संविधान मान्न बाध्य नहुने र जबरजस्ती कथित संविधान लाद्न खोजिए समानन्तर संविधान जारी गर्न आफूहरु तयार रहेको समेत बताए ।
बिरोध सभामा सम्बोधनगर्दै पार्टीका यूवा नेता तथ ाआन्दोलन परिचालन समिति सदस्य कुमार साम्यूले अधिकांश राजनीतिक दलहरु संविधान मस्यौदाको बिपक्षमा रहेको र प्रस्तावित संविधानको मस्यौदाले आदिवासी जनजती, दलित, महिला र सिमान्तकृत समुदाय र सिंगो नेपाली जनताको त्यागको अपमान गरेका उनको ठहर छ । पहिचानको मुद्धालाई सम्बोधन नगरिए देशमा कल्पना नै नगरिएको द्धन्द्ध उत्पन्न हुने बताए ।- माबोहाङ् लिम्बू