हूती विद्रोहीको आक्रमणवाट ४३ जना मारिए

२०७२ श्रावण ४ गते, सोमबार

काठमाडौं, ४ साउन । यमनको दक्षिणी शहर अदनमा हूती विद्रोहीले गरेको आक्रमणमा ४३ जना मारिएका छन् । शहरमा सरकारी सेनाले नियन्त्रण बलियो बनाउने क्रममा भएको भिडन्तमा एक सयभन्दा बढी घाइते भएका छन् । अदनमा सरकारी सेना र विद्रोहीबीच महिनौंदेखि संघर्ष चलिरहेको छ ।
साउदी नेतृत्वमा रहेको गठबन्धन सेनाको हवाई आक्रमणको मद्दतले सरकारी सेनाले शहरको धेरैजसो क्षेत्रमा आफ्नो बलियो उपस्थिति जनाएको थियो । मार्चमा हूती विद्रोही राजधानी सनातर्फ लम्किएपछि सेना अदन छाडेर भागेको थियो । राष्ट्रपति अब्दरब्बू मन्सूर हादीको निर्वासित सरकारले विहीवार मात्र उक्त क्षेत्रलाई विद्रोहीमुक्त क्षेत्र घोषणा गरेको थियो । –एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]