संविधान मस्यौदाको सुझाव संकलन स्थल बाहिर झडप

२०७२ श्रावण ५ गते, मंगलवार

काठमाडौँ, ५ साउन । काठमाडौं क्षेत्र नं १ को संविधान मस्यौदाको सुझाव संकलन भइहरेको बेला राप्रपा नेपालका कार्यकर्ताले नाराबाजी गरेका छन् । सुझाव संकलन स्थल बानेश्वर ब्याङ्केटमा नाराबाजीको क्रममा कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । राप्रपा नेपालका कार्यकर्तालाई कार्यक्रमस्थलमा प्रहरीले छिर्न नदिएपछि झडप भएको हो । ब्याङ्केटमा सुझाव दिनको लागि सर्वसाधारणको बाक्लो उपस्थिति छ । उपप्रधान तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहको नेतृत्वमा सुझाव संकलन भइरहेको छ। कार्यक्रमस्थल बाहिर राप्रपा नेपालका कार्यकर्ताले मस्यौदा जलाएका छन् । उनीहरुले हिन्दू राज्यको माग गर्दै नाराबाजी गरिरहेका छन् ।

प्रतिक्रियाहरु

[anycomment]