बागमती किनाराका सुकुम्बासी आन्दोलित

२०७२ श्रावण ५ गते, मंगलवार

काठमाडौं,५ साउन । बागमती किनाराका सुकुम्बासीहरु आन्दोलित भएका छन् । उनीहरुले संयुक्त राष्ट्रिय सुकुम्बासी संघर्ष समिति गठन गरेर आन्दोलनको घोषणा गरेका हुन । मंगलबार काठमाडौँको संबाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी बिस्थापित सुकुम्बासीलाई उचित क्षतिपुर्ति सहित पुनस्थापना गर्न माग गरेको छन । समितीले पत्रकार सम्मेलन मार्फत सकरलाई गरी ७ दिनभित्र बिस्थापित सुकुम्बासीलाई पुनस्थापना गर्न अल्टिमेटम दिएको छ । पत्रकार सम्मेलनमा बोल्दै अखिल नेपाल क्रान्तिकारी सुकुम्बासी संगठनका अध्यक्ष पदम देबकोटाले प्रयागघाटबाट ६ र थापाथलीका २ सय ५८ सुकुम्बासी घर परिवारहरु बिस्थापित भएको भन्दै तत्काल पुनस्थापन नगरे कडा संघर्षका कार्यक्रम घोषणा गरीने चेतावनी दिए ।
बिना बिकल्प सरकारले डोजर चलाएर २ सय ६४ घरपरिवारलाई बिस्थापित बनाएको भन्दै यथासिघ्र क्षतिपुर्ति सहित स्थानान्तरण गर्न सरकार संग जोडदार माग गरेका छन्। संयुक्त राष्ट्रिय सुकुम्बासी संघर्ष समितीले ७ दिन भित्र माग सम्बोधन नभए कडा संर्घषका कार्यक्रम गर्ने जनाएको छ । समितीले भोली अधिकार सम्पन्न बागमती सभ्यता एकिकृत बिकास समितीको कार्यालय अगाडी धर्ना दिने जनाएको छ । यस्तै रिले अनसन ,प्रधानमन्त्री शुशिल कोइरालालाई ज्ञापन पत्र, सभामुख सुबास चन्द्र नेम्वाङलाई ध्यानकार्षण गराउने लगायतका कार्यक्रम सार्बजनिक गरेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

आज अक्षय तृतीया

२०८२ बैशाख १७ गते, बुधबार