बन्दलाई मधेशी मोर्चाको समर्थन

२०७२ श्रावण ८ गते, शुक्रबार

काठमाडौँ, ७ साउन । नेकपा माओवादीले आयोजना गरेको बन्दमा मधेशी क्रान्तिकारी मोर्चा भित्रका १५ घटकले सक्रियताका साथ समर्थन गर्ने जनाएको छन् । आज बेलुका मोर्चाका सह–संयोजक मेहश शाह कलवारको नाममा एक प्रेष विज्ञप्ति जारी गरेर ऐक्यबद्दता जनाएका हुन् ।विज्ञप्तिमा भनिएको छ ‘महान मधेश बिद्रोह र नेपाली जनताको भावना विपरित चार दलले १६ बुदे सहमति गरेको, भूकम्पमा आयो सहयोगमा ब्यापक भ्रष्टाचार भएको, लिपुलेक सम्झोैताको बिषयमा कुटनीतिक पहल सम्म पनि नगरेर सरकार हरेक बिषयमा मुखदर्शक भएकोले नेपाल बन्दमा साथ दिएर अवाज उठाउनु परेको हो ।’

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

आज अक्षय तृतीया

२०८२ बैशाख १७ गते, बुधबार