‘लिपुलेक हाम्रो हो’ बालाजुमा विशाल प्रर्दशन
काठमाडौँ, ८ साउन । नेकपा माओवादीले भारत र चीनबीच नेपाली भूमि लिपुलेक सम्झौता, चार राजनीतिक दलबीच भएको १६ सम्झौता खारेज र भूकम्पपीडितका भ्रष्टाचारलाई कारवाहीको माग गर्दै गरेको नेपाल बन्दले देशभरको जनजीवन ठप्प भएको छ । काठमाडौँ, भक्तपुर र लालितपुरमा दर्जनौँ बन्दकर्तालाई गिरफ्तार गरेपनि ठाउँठाउँमा प्रर्दशनसहित र्याली निस्कीरहेका छन् । अलिख क्रान्तिकारीका उपाध्यक्ष पूर्णबहादुर सिंहले दिएको जानकारी अनुसार काठमाडौँका बालाजु क्षेत्रमा बन्दको पक्षमा विशाल र्याली निस्किरहेको छ ।
डबली न्युजकर्मी धनन्जय बुढाले त्यहाँबाट बताए अनुसार ‘लिपुलेक हाम्रो हो, भ्रष्टाचारीलाई कारवाही गर जस्ता नारा लगाएर नेपालको राष्ट्रि झन्डासहितको प्रर्दशन नयाँ बसपार्क हुँदै सामाखुशीतिर आइरहेको छ ।
प्रहरीले बालाजु क्षेत्रबाट विहानै पत्रकार पुष्प न्यौपानेसहित केहीलाई गिरफ्तार गरेपनि अहिले त्यहाँको अवस्था शान्तिपूर्ण रहेको छ ।