भदौ १५ देखि बैंगलोर र मुम्बई उडान हुने

२०७२ श्रावण ९ गते, शनिबार

काठमाडौं , ९ साउन । नेपाल वायुसेवा निगमले भारतको बैंगलोर र मुम्बई शहरमा उडान सुरु गर्ने भएको छ । निगमले भदौ १५ गतेदेखि नियमित उडान सुरु गर्ने भएको हो । दुबै शहरमा सातामा ३/३ दिन उडान भर्न लागेको निगमका प्रवक्ता रामहरि शर्माले अनलाइनखबरसँग बताए ।
निगमले मुम्बईमा सोमबार, बुधबार र शुक्रबार उडान भर्नेछ भने बैंगलोरमा मंगलबार, बिहीबार र शुक्रबार उडान भर्नेछ । निगमको जहाज बैंगलोरका लागि दिउँसो १२ बजेतिर काठमाडौंबाट उड्ने छ । त्यस्तै, मुम्बईका लागि २ बजे उड्ने छ । निगमले दुबै गन्तव्यका लागि भाडा करसहित १० हजार ९२ रुपैयाँ तोकेको छ । यो एकतर्फी प्रमोशनल भाडादर हो । मुम्बई र बैंगलोर उडान सुरु भएसँगै निगमका गन्तव्य ७ पुग्नेछन् । केही महिना अगाडिमात्र निगमले दिल्ली उडान सुरु गरेको थियो । दुईवटा बोइङबाट उडान भरिरहेको निगमले थप दुईवटा एयर बस प्राप्त गरेपछि आफ्नो उडान गन्तव्य बढाइरहेको छ । चीनको ग्वोञ्झाओ र दुबईमा पनि निगमले छिट्टै उडान सुरु गर्ने तयारी गरिरहेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

आज अक्षय तृतीया

२०८२ बैशाख १७ गते, बुधबार