फर्निचर कारखानामा आगलागी, २५ जनाको मृत्यु

२०७२ श्रावण १३ गते, बुधबार

काठमाडौं, १३साउन । इजिप्टको राजधानी कायरोमा रहेको एक फर्निचर कारखानामा आगलागी हुँदा २५ जनाको मृत्यु भएको छ । कायरोको उत्तरी ईलाकामा भएको आगलागिमा परी २२ जना घाईते भएका छन् । कारखानाले सञ्चालनको क्रममा सरकारी सुरक्षा मापदण्डको स्विकृतीपत्र प्राप्त गर्न नसकेको स्थानीय संचारमाध्यमले बताएका छन् । कारखानामा विशाल ग्यास सिलिण्डर लिफ्टबाट माथि लैजाँदै गर्दा पड्कीएर दुर्घटना भएको अनुमान गरिएको छ ।
इजिप्टमा आगलागिका यस्ता घटनालाई सामान्य मानिन्छ । अर्को शहर अलेक्जेन्द्रियाको खाद्य बजारमा भएको अलग्गै आगलागीको घटनामा परी ११ जनाले ज्यान गुमाएका छन् । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]