युनिटीका सञ्चालक क्षेत्री दाजुभाई पक्राउ

२०७२ श्रावण १५ गते, शुक्रबार

काठमाडौं, १५ साउन । युनिटी लाइफ इन्टरनेशनलका सञ्चालक विष्णु खत्री पक्राउ परेका छन् । केही दिन अगाडि ‘हत्या’ गरिएको भनेर गलत सूचना सार्वजनिक गर्ने भाई कृष्ण क्षेत्री पनि पक्राउ परेका छन् । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले सञ्चालक क्षेत्री दाजुभाइलाई नेपाल भारतको सीमा नाका गड्डाचौकीबाट विहीबार पक्राउ गरेको हो । घटनाको थप विवरण प्रहरीले ५ बजे पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्दैछ ।
केही दिनअगाडि भाई कृष्ण केसीले आफ्नो दाजु विष्णुको गोली हानी हत्या भएको भन्दै सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेर अफबाह फैलाएका थिए । गैरकानुनी रुपमा बैंकिङ, इन्स्योरेन्स लगायतका आर्थिक गतिविधि सञ्चालन गरेर सार्वसाधारणको अर्बौं ठगेर दाजूभाई फरार थिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

आज अक्षय तृतीया

२०८२ बैशाख १७ गते, बुधबार