भारत र बंगलादेशले करिब १ सय ६० साना बस्ती साटासाट गरे
काठमाडौं, १६ साउन । भारत र बंगलादेशबीच करिब १ सय ६० साना भूभाग र तिनका बासिन्दा एकार्कामा साटासाट गरिएको छ । दुई देशले हालै गरेको भूमि सम्झौता अनुसार दुई देशबीचको सीमामा रहेर अनागरिकका अवस्थामा रहेकाहरुलाई उनीहरुले रोजेको देशको नागरिकता रोज्न दिने छुट दिइएको थियो । जसअनुसार १ सय ६० साना वस्तीहरु शुक्रबार रातीबाट एकापसमा साटासाट गरिएको हो । यसबाट ती वस्तीमा रहने करीब ५० हजार व्यक्तिले सुविधा पाएका छन् । १ सय ११ वटा त्यस्ता स्थान बंगलादेशतर्फ र ५१ वटा स्थान भारततर्फ गाभिएका छन् । सन् १९४७ मा भारत विभाजन भएदेखि नै यो विवाद कायम थियो । ६८ वर्षदेखि अनागरिकको अवस्थामा रहेकाहरुले यो सुविधा पाएका हुन् । – एजेन्सी