सदस्य सचिव कोइरालाको गाडि ताेडफाेड

२०७२ श्रावण १८ गते, सोमबार

काठमाडौँ, १८ साउन । उच्च माध्यमिक शिक्षा परिषद्का सदस्य सचिव नारायण कोइरालाको गाडि तोडफोड भएको छ । आइतबार साझ काेइराला चढ्ने वा. ११ च २०९७ नम्बरको गाडि सेतो पुलमा तोडफोड भएकाे हाे । माओवादी निकट अखिल क्रान्तिकारीले भूकम्पपीडित विद्यार्थीलाई निःशूल्क पठनपाठनको व्यवस्था गरिनुपर्ने, पठनपाठन नभएको समयको शूल्क फिर्ता गराइनुपर्ने, विदेशी नाम राखिएका शिक्षण संस्थाको नाम परिवर्तन गर्नुपर्ने लगायतका मागहरु राखेर शिक्षा विभाग, उच्च माध्यमिक परिषद्को केन्द्रीय कार्यालय र क्षेत्रिय कार्यालयमा तालाबन्दी गरेको थियो । परिसद्ले ताला लगाएकै दिन ताेडेकाे थियाे ।
विद्यार्थीहरुका मागहरु पूरा गर्नुको सट्टा ताला तोडेकाले बदलास्वरुप सदस्य सचिवको गाडि तोडफोड गरिएको अखिल क्रान्तिकारी स्रोत बताएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

सप्तरीको सदा टोलमा हैजा फैलियो !

२०८२ कार्तिक १९ गते, मंगलवार

निजी अस्पताल र नर्सिङ संघबीच सहमति

२०८२ कार्तिक १७ गते, आईतवार

विश्व पक्षाघात दिवस मनाइँदै

२०८२ कार्तिक १३ गते, बुधबार