मद्यपान र धुम्रपान गर्नेलाई सार्वजनिक रुपमै कारवाही हुने

२०७२ श्रावण १९ गते, मंगलवार

काठमाडौ, १९ साउन । सार्वजनिक स्थलमै खुल्ला रुपमा धुमपान तथा मद्यपान गरेको पाइएपछि सल्यानमा प्रहरीले त्यस्ता व्यक्तिलाइ कारवाहि गर्ने जनाएको छ । प्रहरी चौकी कपुरकोटले एक सूचना जारि गरि बजार क्षेत्रभित्र कुनै पनि व्यक्तिले खुल्ला रुपमा मादक पदार्थ तथा सुर्तीजन्य पदार्थ सेवन गरेको फेला परेमा तत्काल नियन्त्रणमा लिइ कानून बमोजिम कारबाही गरिने जनाएको छ ।
जिल्ला प्रशाशन कार्यालयबाट आदेश भइ आएको हुनाले समेत सार्वजनीक स्थानमा धुमपान तथा मद्यपान गर्नेलाई कारवाहीका लागि कडाइ गरिएको प्रहरी चौकी कपुरकोटका इन्चार्ज तिलक शाहले जानकारी दिए ।
इजाजतपत्र नभएकालाई मदिरा विक्रिमा पनि रोक लगाइएको प्रहरीले जनाएको छ । तर कपुरकोटमा धुमपान तथा मद्यपान सेवन गर्ने र इजाजतविना मदिरा विक्रि गर्नेलाई कारवाही कसैले नगरेको स्थानीयको गुनासो छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

सप्तरीको सदा टोलमा हैजा फैलियो !

२०८२ कार्तिक १९ गते, मंगलवार

निजी अस्पताल र नर्सिङ संघबीच सहमति

२०८२ कार्तिक १७ गते, आईतवार

विश्व पक्षाघात दिवस मनाइँदै

२०८२ कार्तिक १३ गते, बुधबार