दैवीप्रकोप उद्धार समिति गोरखामा उजुरीको चाङ

२०७२ श्रावण १९ गते, मंगलवार

काठमाडौ, १९ साउन । भूकम्पको केन्द्रबिन्दु गोरखामा अहिलेसम्म नौ हजार वटा उजुरी दर्ता भएको सहायक प्रमुख जिल्ला अधिकारी दीपेन्द्र पौडेलले बताए ।
अधिकांश उजुरीको विवरणमा राहत रकम, राहत सामग्री वितरणमा व्यापक अनियमितता भएको भन्दै उचित छानबिनको अनुरोध गरिएको छ । “उजुरी आउने क्रमः बढ्दो छ” सहायक प्रजिअ पौडेलले भने, “उजुरी बोकेर दिनहुँ दैवीप्रकोप उद्धार समितिमा दर्ता गर्न मानिस आउँछन् ।” वास्तविक भूकम्पपीडितको नाउँमा काल्पनिक भूकम्पपीडितले राहत रकम बुझेको उजुरीमा उल्लेख रहेको सप्रजिअ पौडेलको भनाइ छ । साथै भूकम्पपीडित उजुरीकर्ताले ध्वस्त भएको घरको पनि प्राविधिक मूल्याङकन गर्दा ‘क’ वर्गमा नराखिएकाले पुनः गाउँमा पुगेर घर अवलोकन गरी पाऊँ भन्दै निवेदन दिएका छन् ।
भूकम्पले बस्नै नहुने गरी भत्किएका घरलाई ‘क’ वर्गमा सूचीकृत गरिएको थियो । तर, गोरखाका अधिकांश ग्रामीण कच्ची घरलाई ‘ख’ वर्गमा समावेश गरिएकोप्रति भूकम्पपीडित रुष्ट भएका छन् ।
वैशाख २९ गतेअघि नै घरको प्राविधिक मूल्याङ्कन गरिएकाले २९ गतेको भूकम्पले थप क्षति पु¥याउँदा धुवाँकोटमा समस्या भएको समितिले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

आज अक्षय तृतीया

२०८२ बैशाख १७ गते, बुधबार