सुदुरपश्चिम बन्द यथावत
काठमाडौ, २४ साउन । लगातारको बन्दका कारण सुदूरपश्चिमको जनजीवन प्रभावित बन्दै गएको छ । बन्दको बढी प्रभाव कैलाली, कञ्चनपुरमा देखिएको छ । तर आंशिक प्रभाव भने सुदूरपश्चिमका ९ वटै जिल्लाहरुमा परेको छ ।
सिमांकनसहितको संघीय संरचना बनाउँदा सुदूरपश्चिमलाई अखण्ड राख्न गरिएको माग शनिबार राती दलहरुले सम्बोधन गरे पनि बन्दकर्ताले औपचारिक रुपमा बन्द फिर्ता लिएका छैनन् । उता, कैलाली–कञ्चनपुरलाई थारुवान राज्यमा समाबेस गरिनुपर्ने माग गर्दै थारु कल्याणकारी सभाले गरेको बन्द भने जारी छ । लगातार सुदूरपश्चिमी जिल्लाहरु बन्द भएको आइतबार चौथो दिन पुग्दा सर्वसाधारणको दैनिकी भने निक्कै कष्टकर बन्दै गइरहेको छ । सुदूरपश्चिमका ९ वटै जिल्लामा यातायात, बजार र शैक्षिकसंस्था ठप्प छन् ।