अफगानिस्तानमा शक्तिशाली भूकम्प
काठमाडौं,२६ साउन । अफगानिस्तान, भारत र पाकिस्तानमा सोमबार दिउँसो भूकम्पको कडा झड्का महसुस गरिएको छ । ६ म्याग्निच्यूड मापन गरिएको शक्तिशाली भूकम्पको झट्का भारत प्रशासित जम्मु–कश्मिर, पन्जाब, दिल्ली र पाकिस्तानको राजधानी इस्लामावादमासमेत महसुस गरिएको थियो । अमेरिकी जियालोजिकल सर्भेका अनुसार भूकम्पको केन्द्रबिन्दू अफगानिस्तानको फैजावाद देखि ८८ किलोमिटर टाढा, जमिनमुनि २ सय ९ किलोमिटरमा रहेको थियो । भूकम्पले पुर्याएको क्षतिबारे वितरण आउन बाँकी छ ।- एजेन्सी